काठमाडौं । जेन-जी आन्दोलन संविधान र लोकतान्त्रिक गणतन्त्रविरूद्ध नभएको जेन-जी अलायन्सले स्पष्ट पारेको छ।
आन्दोलनमा सहभागी काठमाडौंसहित विभिन्न जिल्लाका जेन-जी समूहहरू र आन्दोलनका समर्थकहरूसँग छलफल गरी अलायन्स बनाएका जेन-जी प्रतिनिधिहरूले संविधानको रक्षाका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
कान्तिपुरसँगको कुराकानीमा अलायन्समा आबद्ध जेन-जी प्रतिनिधिले आफूहरूले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सम्झौतापत्रको खाका तयार पारेको र सरकारलाई पनि पठाइसकेको बताएका छन् । उनीहरूले प्रधानमन्त्री साक्षी बसेर राष्ट्रपति र जेन-जी आन्दोलनका प्रतिनिधिबीचमा सम्झौता हुनुपर्ने बताएका हुन् ।