दाङ । दाङका विभिन्न स्थानमा दिउँसो दुई बजेदेखि पानी परिरहेको छ ।
माैसम विज्ञानका अनुसार अधिक वर्षाकाे सम्भावना रहेकाले सबैलाई सचेत रहन आग्रह गरेको छ । तिनवटै सुरक्षा निकायलाई आपतकालीन अवस्था आइपरे उद्दारका लागि तयारी अवस्थामा राखिएको छ । दाङबाट राेल्पा जाने रात्रीवसलाई बेलुका ६ बजेदेखि बिहान पाँचबजेसम्म बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।
दाङ-काठमाडौं लामो दुरिका बसलाई के गर्ने भन्ने बारेमा चितवन र धादिङ जिल्लासँग छलफल भैरहेको पनि प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।