दशैं टीकाको दोस्राे दिन बिहानैदेखि टीका लगाउनेको चहलपहल

आश्विन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैं टीकाको दोस्राे दिन बिहानैदेखि टीका लगाउनेको चहलपहल

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत बिहानैदेखि टीका लगाउनेको चहलपहल बढेको छ । विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड बढेको छ ।

दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य मान्यजनकोमा जाने प्रचलन छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइएको हो । बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.