प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्नुहुँदै

आश्विन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले बिहिबार अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उहाँहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका-१६ बनस्थली, नागार्जुन नगरपालिका-३ र कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.