मर्चवारबासीको एउटै माग : अब आश्वासन होइन, दानव नदीमा पक्की पुल चाहियो

जेष्ठ १०, २०८३ |अमृता अनमोल
मर्चवारबासीको एउटै माग : अब आश्वासन होइन, दानव नदीमा पक्की पुल चाहियो

रूपन्देही । रूपन्देहीको मर्चवार क्षेत्रका नागरिकलाई दानव नदीमा पुल नहुँदा सास्ती छ । 

अझै पनि उनीहरू जोखिमपूर्ण रूपमा बाँसको फड्केबाट नदी वारपार गर्न बाध्य छन् । नहुँदा रूपन्देहीको सम्मरीमाईका बासिन्दा अहिले पनि बाँसको फड्के बनाएर नदी वारपार गर्न बाध्य छन् । बाँसको फड्केबाट सम्मरीमाई गाउँपालिका ३ को भभइ-भटौलियाका करिब एक हजार जनाले दैनिक दानव नदी वारपार गर्छन् ।

पक्की पुल नभएकाले जहिले पनि जोखिम हुन्छ । अमहवादेखि बन्जरी चोकसम्म जोडिने यो फड्के मर्चवारबाट कक्रहवा, लुम्बिनी हुँदै नेपाल-भारत सीमासम्म पुग्नका लागि प्रयोग हुन्छ । तर, जब वर्षायाम सुरू हुन्छ । नदी उर्लिन्छ र बाँसको पुल पनि प्रयोग गर्न नसकिने अवस्था आउँछ । 

यसले विद्यार्थी विद्यालय पुग्न सक्दैनन्, किसान खेतसम्म जान सक्दैनन्, झन् समस्यामा छन् समरीमाईका बासिन्दाहरू । हरेक पटक चुनाव आउँछ, नेताहरू आश्वासन बाँड्छन्, तर दानव नदीमाथि पक्की पुल बन्ने सपना भने अधुरै छ । उनीहरूको अपेक्षा छ- सरकारले अब आश्वासन होइन, दानव नदीमाथि पक्की पुल निर्माण गरेर सुरक्षित बनाओस् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।