
खोटाङ । खोटाङमा सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
सोमबार बिहान सवा नौ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका-१० विजुलेमा सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
काठमाडौंबाट १३ जना यात्रु लिएर दिक्तेल आउँदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो आफै अनियन्त्रित भई सडक भन्दा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरूमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ का ४७ वर्षीय खडक नारायन राई, काठमाडौं बस्ने ३२ वर्षीया मिस्मा राई, दिक्तेल रूपाकोट मझुवागढी-५ लफ्याङका ३२ वर्षीय देबराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ का २६ वर्षीया कुसुम राई, दिक्तेलका १९ वर्षीया रूमिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का पायल राई र सलिना राई रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धारपछि जिल्ला अस्पतालमा उपचार सुरू गरिएको छ।