सिटिजन लाइफ इन्स्योरेन्सकाे नवौं वार्षिक सधारण सभा पुस १८ गते हुने

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिटिजन लाइफ इन्स्योरेन्सकाे नवौं वार्षिक सधारण सभा पुस १८ गते हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक सधारण सभा आउँदो पुस १८ गते हुने भएको छ ।

शुक्रबार सम्पन्न १२६औ बैंठकले पुस १८ गतेका लागि वार्षिक साधारण सभाको मिति तय गरेको हो । वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल रहेको चुक्ता पुँजी ५ अर्बको २० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । 

वार्षिक साधारण सभा मै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८२ /८३ को बाह्य लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्ने तय भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.