एमालेले विधान संशोधन नगर्ने

१५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी रहने
मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेले विधान संशोधन नगर्ने

काठमाडौं । नेकपा (एमाले)ले गत भदौ अन्तिम साता सम्पन्न विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै नेतृत्व निर्माण गर्ने भएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहाँकाअनुसार यो महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । 

ज्ञवालीले १०८ जना मनोनितको नामवाली पनि पारित भएको बताउनु भयो । उक्त सूची शनिबार सार्वजनिक गरिने उहाँको भनाइ छ । उहाँले महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गरिने समेत जानकारी दिनुभयो । उहाँले महाधिवेशनको उद्घाटन सत्रमा राजनीतिक दलहरूका शुभकामना मन्तव्यका साथै अध्यक्ष ओलीले सम्बोधन गर्ने जानकारी दिनुभयो ।

बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावहरूकाे तयारीका लागि प्रदीप ज्ञवालीको संयोजकत्वमा एउटा समिति तथा महाधिवेशनले गर्ने निर्णयहरूलाई माइन्युनिटिङ गर्नको लागि उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको समेत जानकारी गराउनु भयो । 

यस्तै बैठकले सरकार र जेन-जीबीच भएको १० बुदे सहमतिको विरोध गरेको छ । बैठकले संविधान र कानुनभन्दा बाहिर गएर निर्णय गरेको भन्दै त्यसको विरोध गरेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.