एसीसी यू-१९ एसिया कप : भारत र पाकिस्तानकाे विजयी सुरूवात

मंसिर २६, २०८२ |खेल ब्युरो
एसीसी यू-१९ एसिया कप : भारत र पाकिस्तानकाे विजयी सुरूवात

काठमाडौं । सानदार जितसहित भारत र पाकिस्तानले एसीसी यू-१९ एसिया कप सुरूवात गरेका छन्। 

शुक्रबार भएको खेलमा भारतले यूएईलाई दुई सय ३४ रनले र पाकिस्तानले मलेसियालाई दुई सय ९७ रनले हराएको छ। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा तीन विकेट मात्रै गुमाएर तीन सय ४५ रन बनाएको थियो। 

पाकिस्तानले समिर मिहसले एक सय ७७ रनको विस्फोटक इनिङ्स खेलेका थिए। अहमदले पनि शतकप्रहार गरे। जवाफमा अली राजा र मोहम्मद सय्यानले तीन-तीन विकेट लिएपछि मलेसिया ४८ रनमा नै अलआउट भएको हो। 

अर्को खेलमा भारतले ५० ओभरमा ६ विकेट गुमाएर चार सय ३३ रन बनाएको थियो। यसक्रममा वैभव सूर्यवंशीले ९५ बलमा सर्वाधिक एक सय ७१ रन बनाएका थिए। बाँकी ब्याटरले पनि सादारन प्रदर्शन गर्न सके। तर चार सय ३४ रनको लक्ष्य पछ्याएको यूएई एक सय ९९ रनमा समेटिएपछि भारत दुई सय ३४ रनले विजयी भएको हो। 

भारतका नौ खेलाडीले बलिङ गरेका थिए। एसिया कपमा भाेलि नेपाली यू-१९ टिमले श्रीलंकाको सामना गर्नेछ।