नेपालमा अल्पसंख्यक र दलितहरूको अधिकार परिपूरण गर्न राष्ट्रसंघकाे जोड

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा अल्पसंख्यक र दलितहरूको अधिकार परिपूरण गर्न राष्ट्रसंघकाे जोड

काठमाडौं । नेपालमा अल्पसंख्यक र दलितहरूको अधिकार परिपूरण गर्न संयुक्त राष्ट्रसंघले जोड दिएको छ । 

नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघीय विशेष दूत प्रा. निकोला लेभ्राले अल्पसंख्यक र दलित समुदायका व्यक्तिहरूविरूद्ध हुने भेदभावलाई रोक्न कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताउनु भयो ।

उहाँले क्रिश्यिन, मुस्लिम , बहाइ जस्ता धार्मिक अल्पसंख्यकहरूले आफ्नो प्रार्थनास्थलहरूलाई धार्मिक संस्थाको रूपमा दर्ता गर्न नपाउने विद्यमान व्यवस्थाको पुनरावलोकन गर्न समेत सझाउनु भएको छ । मधेश प्रदेशमा सामाजिक सद्भाव बढाउन सबै सक्रिय र संवेदनशील बन्न उहाँले अनुरोध पनि गर्नुभयो ।

लेभ्राले मधेश र कर्णाली प्रदेशमा गएर दलित तथा अल्पसंख्यकहरूलाई र नागरिक समाजका प्रतिनिधिहरू भेट गर्नुभएको थियो । आउँदो मार्चमा उहाँले राष्ट्रसंघीय मानवअधिकार परिषद्‌मा आफ्नो पूर्ण प्रतिवेदन पेस गर्नुहुने जानकारी पनि गराउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.