हिउँ-चितुवाको अध्ययनमा नयाँ पुस्ताको चासो, ताप्लेजुङका विद्यालयमा हिउँ-चितुवालक्षित कक्षा सञ्चालन

मंसिर २६, २०८२ |आनन्द गौतम
हिउँ-चितुवाको अध्ययनमा नयाँ पुस्ताको चासो, ताप्लेजुङका विद्यालयमा हिउँ-चितुवालक्षित कक्षा सञ्चालन

ताप्लेजुङ । हिमालको रानी भनेर हिउँ-चितुवालाई चिनिन्छ । 

तर यसको प्रत्यक्ष अवलोकन भने हिमाली क्षेत्रका बासिन्दाका लागि पनि कठिन छ । पाँच हजार मिटरभन्दा माथिको उचाइमा पाइने यस हिउँ-चितुवा अध्ययानका लागि भने नयाँ पुस्ता अर्थात् विद्यार्थीले खुबै रूची राख्ने गरेका छन् । 

फक्ताङलुङ गाउँपालिका-६ लेलेपको घुन्सा आधारभुत विद्यालयका विद्यार्थीले हिउँ चितुवा देखेका छैनन् । तर, किताबमा भने मज्जैले पढेका छन् । आफ्नै वरपर पाइने तर हमेसा नदेखिने दुर्लभ यो जनावरको अध्ययनमा भने खुबै चासो राख्ने गरेका छन् । यस्तै अवस्ता सरस्वती माविका बिद्यार्थीको पनि छ ।

यहाँका विद्यार्थीलाई हिउँ-चितुवा कहाँ बस्छ, कसरी बस्छ, यसको अध्ययनका लागि क्यामरा ट्रयाप कसरी राख्ने, जीपीएस कसरी जडान गर्ने भने जस्ता विषय सिकाइने गरेको छ । हिमाल र हिउँ-चितुवा जगेर्नाको इच्छा, कक्षा कक्षामा हिउँ-चितुवा संरक्षण शिक्षा भन्ने नारासहित हिउँ-चितुवा संरक्षण अभियानले हिउँ-चितुवा कक्षा विद्यालयहरूमा सञ्चालन पनि गरिरहेको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।