धनुषा । मेयर र उपमेयर विच जारी विवादका कारण विगत ४ महिना देखि नगर सभा हुन नसकेको भन्दै धनुषाको नगराईन नगरपालिकाका मेयर र उपमेयरलाई जेनजी युवाहरूले कार्यकक्षमै थुनेका छन् । जनप्रतिनिधिहरु आ–आफ्नै अडानमा रहेपछि गत वर्ष पनि विकास निर्माणको काम प्रभावित भएको भन्दै सेवाग्राहीहरु असन्तुष्ट रहँदै आएका थिए । नगरपालिकाले यस वर्ष पनि नगरसभा गर्न नसक्दा नगरका सम्पुर्ण कामकाज ठप्प छन् ।
नगरको सेवा प्रवाहमा जनप्रतिनिधिहरु गम्भीर नभएको भन्दै जनप्रतिनिधिहरुलाई कार्यकक्षमै थुन्न परेको नगराईन नगरपालिकाका युवा विश्वनाथ साहले बताउनुभयो । जनप्रतिनिधिहरुले नगराईन नगरपालिकालाई बन्धक बनाएर राखेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले नगरलाई निकास दिन मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरसभा गरेर जनताको कामकाज सहज बनाउन समेत मांग गरेका छन् । मेयर र उपमेयर बीच विवाद हुदाँ गत वर्ष पनि विकासे रकम फ्रिज भएको थियो भने यस वर्ष पनि दशैको मुखमा कर्मचारीहरुले तलव पाउन सकेका छैनन् । स्थानीय सकार संचालन ऐन २०७४ संसोधन गर्नु पर्ने अडानमा उपमेयर छन् भने उच्च अदालतवाट यो समस्या समाधान भएपछि संसोधनको कुनै औचित्य नरहेको मेयरको अडान छ ।