झापा । गएराति झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ खालबाडी बस्तीका वर्ष २७ का साहिल मोहमद मियाको जंगली हात्तीको आक्रमण परि ज्यान गएको प्रहरीले जनाएको छ । साँझ साढे ६ बजे चारआली जंगलबाट बस्तीमा निस्किएको हात्तीले कुल्चिएर साहिल मियालाई मारेको थियो । मृतकको शव पोष्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।