जलेकै भवनबाट मधेश प्रदेश सभा सञ्चालन

आश्विन ७, २०८२ |अमरकान्त ठाकुर
जलेकै भवनबाट मधेश प्रदेश सभा सञ्चालन

जनकपुर । जेन-जी आन्दोलनको क्रममा जलेर नष्ट भएको मधेश प्रदेश सभा सरसफाई पश्चात जलेकै भवनबाट काम सुरु गरिएको छ ।

आन्दोलनको क्रममा क्षतविक्षत अवस्थामा रहेको प्रदेश सभालाई सबै दल मिलेर सञ्चालनमा ल्याउनुनै संघीयता बचाउनु रहेको प्रदेश सभा सदस्य कनिश पटेलले बताउनुभयो ।

प्रदेश सभाका प्रतिपक्षिदलहरुले भदौ १२ गते देखि प्रदेश सभा अवरुद्ध गर्दै आए पनि जेन-जी आन्दोलनपछिको अवस्थालाई मनन गर्दै सभामुखलाई प्रदेश सभा सञ्चालनको लागि दबाब दिएका थिए । 

मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएर आएका दुई वटा विधेयकको पत्र सभमुखले सुनाउनु भएको थियो । जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो दलका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दिनु भएको छ । 

प्रदेश सभाको अर्को बैठक बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।