बुधबार नेपालभर सार्वजनिक बिदा

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलि अर्थात् बुधबारलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।

जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषद्‌बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.