धनकुटा । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका छत्रमान कुथुमी राइको शव गृह जिल्ला धनकुटा ल्याइएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका चुङमाङका ६४ वर्षीय राइको आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएको थियो । कुथुमीको शव नेपाली सेनाको हेलिकप्टरले धनकुटा सदरमुकामको सल्लेरीमा रहेको नेपाली सेनाको भीमदलगणमा छोडेर काठमाडौं फर्किएको छ ।
परिवारका केहि सदस्यहरू शव ल्याइएकै हेलिकप्टरमा काठमाडौंबाट आएका छन् । गाउँबाट पनि मृतक कुथुमीका आफन्त र छिमेकी ब्यारेकमा पुगेका छन । आजै शव जिम्मा लगाइने भीमदल गण सल्लेरीका गणपति गणेश थापाले बताउनु भयो ।