राष्ट्रपति तथा प्रधानमन्त्री निवास क्षेत्रमा पनि कर्फ्यु

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति तथा प्रधानमन्त्री निवास क्षेत्रमा पनि कर्फ्यु

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ंले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु जारी गरिएको हो । 

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.