काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको टिप्पणी गर्नुभएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जेनजी पुस्ताले देशलाई माया गर्ने भएपनि केहीले जेनजी पुस्तालाई नकरात्मक कुरा मात्रै सिकाएको र त्यसै अनुसारको भाष्य निर्माण गरेर उनीहरूलाई प्रभावमा पारेको जिकिर गर्नु भयो ।
ओलीले कहलिएका बुद्धिजीवीहरूको चिन्तन स्वतन्त्र नभएको भन्दै उनीहरूले समाजलाई प्रभावित गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले ती वुद्धिजीवीले राष्ट्रियताका सवालमा भने एक शब्द खर्च नगरेको आरोप लगाउनु भयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालका प्लाटफर्महरू कानुनबमोजिम नबस्ने कुरा सह्य नहुँने जिकिर गर्दै देशलाई हेप्न नपाइने बताउनुभएको छ । नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर, कानुनबमोजिम नबस्ने कुरा सैह्य हुदैन भन्दै उहाँले एमाले सामाजिक सञ्जालका विरूद्धमा नभएको बरू कानुन सम्मत बनाउन खोजेको प्रष्ट्याउनु भयो ।
युवाहरुले भ्रष्टाचार, बेथिती, परिवारवादसहित पछिल्लो समय सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध विरूद्धमा सोमबार सडक प्रदर्शनको आव्हान गरेका छन् ।