भारतीय प्रधानन्यायाधीश गवईद्वारा लुम्बिनी भ्रमण, बुद्ध जन्मस्थलमा पूजाआजा

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय प्रधानन्यायाधीश गवईद्वारा लुम्बिनी भ्रमण, बुद्ध जन्मस्थलमा पूजाआजा

काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायधिश भुषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएकाे छ ।

लुम्बिनीमास्थित मायादेवी मन्दिरमा बौद्ध परम्पराअनुसार भिक्षु लामाले पाठ गर्दै उहाँले पूजाआजा गर्नुभयाे । आफू भारतको प्रथम बौद्धिष्ट प्रधानन्यायधिश भएकाले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहाना थियो त्यो पूरा हुदा खुसी भएको बताउनुभयाे । 

प्रधानन्यायधिश गवईलाई लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामाले लुम्बिनी गुरूयोजना, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वबारे जानकारी दिनुभएकाे थियाे । भारतका ५२औं प्रधानन्यायधिश उहाँ बौद्धिष्ट समुदायका पहिलो प्रधानन्याधिश हुन् ।

काठमाडौंमा आयोजित दुई दिने नेपाल-इन्डिया जुडिसियल डायलगमा सहभागी हुन आएका बेला शनिबार लुम्बिनी आएर काठमाडौं फर्किनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.