नेपालको पहिलो अनुवादक भेला काठमाडौंमा सम्पन्न

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालको पहिलो अनुवादक भेला काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपालमा पहिलोपटक आयोजित अनुवादक भेला शनिबार काठमाडौंमा सम्पन्न भएकाे छ। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले उद्घाटन गर्नुभएको कार्यक्रममा ३० भन्दा बढी अनुवादकको सहभागिता थियो।

भेलामा अनुवाद पेशाको इतिहास, वर्तमान अवस्था, व्यावसायिक संगठनको आवश्यकता तथा अन्तर्राष्ट्रिय अनुभवबारे प्रस्तुति र छलफल भएको थियो। भेलाले ठाकुर अंगाईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति र प्रसुन सिंहको नेतृत्वमा ३ सदस्यीय विधान मस्यौदा उपसमिति गठन गर्ने निर्णय गर्‍यो।

अनुवादक एरिका अधिकारीले “संगठित भएर व्यावसायिकता, आचारसंहिता र अधिकारका पक्षमा बोल्न सक्ने अवसर मिल्नेछ” भन्दै महत्त्वपूर्ण कदमका रूपमा स्वागत गर्नुभयो।

भाषा आयोगका अध्यक्ष डा. ठाकुरले अनुवादकहरू संगठित हुँदा त्रुटि र तनाव दुवै कम हुने बताउनुभयाे। भेलाले नेपालमा पहिलो व्यावसायिक अनुवादक संघ स्थापना गर्ने संकल्प पनि पारित गर्‍यो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.