काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरूले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरूले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताउनुभएको हो । निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले राष्ट्र सेवक कर्मचारीहरूको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कडाईका साथ लागू गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।
सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरूको निगरानी राज्यले कडाईका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ थियो । त्यस अवसरमा उहाँले राष्ट्र सेवक कर्मचारीहरू सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरूको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताउनु भयो ।