काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताउनु भयो ।
उहाँले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरूरी रहेको बताउनु भयो । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने उहाँले बताउनु भयो । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरूरी रहेको बताउनु भयो ।