राम्रो काम माओवादीले गर्ने, भोट अरुले पाउने परम्परा तोड्न पर्छ: अध्यक्ष दाहाल

भाद्र २२, २०८२ |आश गुरुङ
राम्रो काम माओवादीले गर्ने, भोट अरुले पाउने परम्परा तोड्न पर्छ: अध्यक्ष दाहाल

लमजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने अरुले पाउने परम्परा अब तोड्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले माओवादी भ्रष्टाचारीको पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो । रहेको बताउनुभएको छ । उहाँले माओवादी भ्रष्टाचारीको पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान अन्तर्गत लमजुङ पुग्नुभएका दाहालले सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाई लडेको स्मरण गर्दै माओवादी र दलाल, नोकरशाही र बिचौलिया सँगै रहन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुशासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लमजुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु।”

उहाँले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लम्जुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लमजुङको भोटेवडारमा आयोजित जागरण कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको उपाध्यक्ष महासचिव लगायतको टोली सहभागी थिए ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।