सामाजिक सञ्जाल बन्दविरूद्ध पत्रकारहरूको माइतीघरमा प्रदर्शन

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल बन्दविरूद्ध पत्रकारहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

सूचीकरण नभएको भन्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्नु जनताको आवाज बन्द गर्न खोज्नु र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्नु भएको भन्दै आइतबार पत्रकारले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार बन्द गर्न र समाजिक सञ्जाल निष्कृय बनाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् ।

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.