सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कमलामाई (सिन्धुली) । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो । दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छभने घरपालुवा २० वटा पन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.