काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र स्वार्थसमूह नरोकिए अुनशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताउनु भयो । उहाँका अनुसार बैठकले पार्टीको मध्यपहाडी लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको छ । उहाँले सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित खोजेको टिप्पणी पनि गर्नुभयो । सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्नेमा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारके निर्णयबारे अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरिने उहाँको भनाइ छ ।