काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताउनुभएको हो । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उहाँले जोड दिनुभयो ।
उहाँले देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धि समस्या समाधान नहुने बताउनु भयो । उहाँले गैरआवसीय नेपाली नागरीकताको बारेमा पुनारावलोकन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालको नागरीकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन । नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरीकता दिनुपर्ने कानून चाहिन्छ ।’
सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो ।