काभ्रेमा तीज बनेपा महोत्सवः आगामी २२ गतेसम्म चल्ने

भाद्र १०, २०८२ |पुजन धिताल
काभ्रेमा तीज बनेपा महोत्सवः आगामी २२ गतेसम्म चल्ने

काभ्रे/ काभ्रेको बनेपामा सोमबारदेखि तीज बनेपा महोत्सव–२०८२ सुरु भएको छ । बनेपा नगरपालिका–८ स्थित सुमंगल शान्तिनगर क्षेत्रमा सञ्चालन हुने महोत्सव भदौ २२ गतेसम्म चल्नेछ।

सुमंगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा भइरहेको महोत्सवमा करिब सय स्टल राखिएका छन् । जसमा दैनिक उपभोग्य सामग्री, कृषि तथा घरेलु उत्पादन, हस्तकला, आधुनिक व्यवसायिक वस्तु, पर्यटनसम्बन्धी सामग्री र स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री गरिँदैछ ।

महोत्सव अवधिभर हरेक दिन तीज गीत, नृत्य, आधुनिक र परम्परागत संगीत प्रस्तुति, वाद्यवादन र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । साथै, नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको महत्वबारे सचेतनामूलक सन्देश प्रवाह गर्ने विभिन्न गतिविधिहरू हुने आयोजकले जनाएको छ ।

आयोजक समिति अध्यक्ष दिपक प्रधानले महोत्सव केवल मनोरञ्जन मात्र नभई आर्थिक गतिविधि बढाउने माध्यम पनि भएको बताउनुभयो । महोत्सवले बनेपाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानलाई सुदृढ पार्दै पर्यटन प्रवर्दन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने आयोजकको भनाई छ । 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।