कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट तानसेन नगरपालिका

भाद्र १०, २०८२ |माधव अर्याल
कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट तानसेन नगरपालिका

पाल्पा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १० वटा शीर्षकलाई आधार मानेर मूल्याङ्कन गर्ने 'स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन' लिजामा पाल्पाको तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिका उत्कृष्ट भएका छन् ।

पाल्पाको तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८८ दशमलव ७५ अंक ल्याएर मुलुकभरका नगरपालिकामा १० औं स्थान हासिल गर्दै जिल्लामै पहिलो भएको हो ।

गतबर्ष भन्दा स्वमूल्याड्ढनका सबै सूचकहरुमा सुधार गरेको, नगरवासीको सेवा प्रवाहमा चुस्तदुरुस्त पारदर्शीता बढाएको, सामाजिक समावेशीकरणमा ध्यान दिएको, तीनवटै सरकारका भौतिक पुर्वाधारका काममा ध्यान दिएको, वातावरण विपद् व्यबस्थापनमा ध्यान दिएको र सबैसँग सहकार्य गरेर काम गरेकाले उत्कृष्ट हुन सफल भएको दाबी नगरपालिकाको छ ।

यसैगरी पाल्पाका आठ गाउँपालिका अन्तर्गत रिब्दीकोट गाउँपालिका ८७ दशमलव ७५ अंकसँगै पहिलो भएको छ । सुशासन, विकास निर्माण, भौतिक पुर्वाधार, बजेट निर्माण तथा कार्यान्वयन, नागरिक सेवा प्रवाहमा योजनाबद्ध रुपमा कार्ययोजनाका साथ काम गर्दै गएकाले स्वःमूल्यांकन नतिजामा सुधार भएको दाबी गाउँपालिकाको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।