धादिङ/ धादिङको नीलकण्ठ नगरपालिकामा खानेपानी तथा सरसफाई बोर्ड गठन भएको छ । बढ्दो बजारीकरण र खानेपानीको समस्या दिनानुदिन बढिरहदा खानेपानी तथा सरसफाइ ब्यबस्थापन गर्न नीलकण्ठ नगरपालिकाले बोर्ड गठन गरेको हो ।
गठन गरेको नगर खानेपानी तथा सरसफाइ बोर्डका अध्यक्ष तथा पदाधिकारीलाई सोमबार औपचारिक रुपमा सपथ तथा पदभार ग्रहण गराइएको छ । नगरभित्र खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने गरि गठन भएको बोर्डका कार्यकारी अध्यक्ष शिव अधिकारी सहित पदाधिकारीलाई नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले सपथ तथा पदभार ग्रहण गराउनुभएको हो ।
नीलकण्ठ नगरपालिका भित्र १४ हजार ५ सय २९ घरधुरी रहेको छ । बोर्डले सोमबारदेखिनै काम अघि बढाएको छ ।