बुटवलमा आधुनिक कृषि उपज थोक बजार बनाउने योजना अलपत्र

भाद्र १०, २०८२ |अमृता अनमोल
बुटवलमा आधुनिक कृषि उपज थोक बजार बनाउने योजना अलपत्र

बुटवल/ बुटवलको कर्साघाटमा २ अर्ब बढी लगानीमा आधुनिक कृषि उपज थोक बजार बनाउने योजना अलपत्र परेको छ ।

कृषि उपज संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी स्वदेशी तथा विदेशी बजारमा वितरण गर्ने उद्देश्यसहित नेदरल्याण्ड सरकारको सहयोगमा संघीय सरकारले ६ वर्षअघिदेखि कृषि बजार बनाउने योजना अगाडि सारेको थियो । जग्गा व्यवस्थापन नहुँदा फिल्डस्तरको काम अझै भएको छैन ।

विस्तृत परियोजना प्रतिवेदन अनुसार ४ बिगाह क्षेत्रफलमा बन्ने केन्द्रमा २ अर्ब २ करोड ४४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । तर, जग्गाको टुंगो कहिले लाग्ने हो र कृषि बजार निर्माण सुरु हुने हो टुंगो छैन । वन र नदी उकासको उक्त जग्गा प्राप्तिका लागि संघीय सरकारलाई प्रस्ताव गरिए पनि टुंगो नलागेको बुटवल उपमहानगरका प्रवक्ता शीव रानाले बताउनुभयो ।

हाल बुटवल उपमहानगरले उक्त जग्गाको वातावरण प्रभाव मूल्यांकन गरेको छ । आर्थिक वर्ष २०७८/०८९ को बजेट मार्फत ल्याइएको कृषि बजार निर्माणको योजनामा पुससम्म जग्गाको टुंगो नलागे नेदरल्याण्ड सरकारले सहयोग रोक्ने जनाइसकेको छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।