बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बिच्छ्या खोलाको बाढीले १० घर बगाएको छ । बाढीका कारण बस्ती नै जोखिममा परेको छ।
पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा बुधबार राति आएको बाढीले गाउँ र विद्यालय जोखिममा परेका हुन् । बाढीका कारण गाउँमा आवतजावत गर्ने झोलुङ्गे पुल सहित केही घरहरु बगाएको स्थानीय साजन थापाले बताउनुभएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घर र खेतीयोग्य जमिनमा बगाएर क्षती पुर्याएको छ । विच्छ्या गाउँमा भएको बाढीले पुर्याएको क्षतीको अवस्था बुझ्न पालिकाको टोली त्यसतर्फ गएको छ ।
विच्छ्या खोला उर्लेर आउदा वडा न १, ३ र ५ मा क्षती पुर्याएको गाउँपालिका अध्यक्ष मल्लको भनाई छ । बाढीबाट हाल कुनै पनि मानवीय क्षती नभएको र क्षतीको विवरण संकलनका लागि प्रहरीको टोली विच्छ्या गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी भएकाले थप बाढी र पहिरोको जोखिम रहँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।