कैलाली कारागारमा भएको हिंसात्मक घटना पछि सांसदहरूद्वारा जेल सुधारको चेतावनी

श्रावण २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैलाली कारागारमा भएको हिंसात्मक घटना पछि सांसदहरूद्वारा जेल सुधारको चेतावनी

काठमाडौं । सांसदहरूले कैलाली कारागारमा भएको हिंसात्मक घटना जेल प्रणाली सुधारको संकेत र चेतावनी भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगबलारको बैठकमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले फितलो सुरक्षा व्यवस्था, कम क्षमता र निगरानीको अभाव लगायतका कारणले नेपालका कारागारहरूको अवस्था गम्भीर बनेको भन्दै सुधारमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका सांसद महेश बर्तौलाले वर्तमान सरकार बनेपछि कानुन अनुसार निष्पक्ष र भयरहित काम गर्ने परिस्थिति बनेको दाबी गर्नुभयो । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मधेश सुख्खाग्रस्त र विपद् संकटग्रस्त घोषणा गरे पनि राहतमा सरकारले ध्यान नदिएको आरोप लगानुभयो ।

रास्वपा र राप्रपाका सांसदहरूले भने सरकारले विपक्षीलाई पेल्न खोजेको र लोकतन्त्रलाई कमजोर बनाइरहेको आरोप लगाए । आजै बसेको राष्ट्रिय सभा बैठकमा पनि सदस्यहरुले किसानलाई मल अभावदेखि युवा स्वरोजगार र उद्यमशीलता विकासको योजनामा सरकारले काम गर्न नसकेको आरोप लगाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.