
भक्तपुर । मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि प्रदर्शनमा ल्याउने ऐतिहासिक तान्त्रिक नाच भैल प्याखका देवगणहरूलाई प्राण प्रतिस्थापन गरिएको छ ।
बिहीबार राति मुकुण्डो नलगाई भैरव नाचका देवगण न्हाप भैल, लिपा भैला, न्हाप दायगी र लिपा दायगीलाई भैल नाचका गुरूले तान्त्रिक विधिबाट नासः पूजा कोठाबाट ल्याएको विशेष प्रकार अक्षता लिएर नाच्ने चलन छ ।
सिउ चढाएर प्राण प्रतिस्थापन गरेपछि गुरू अचेत हुन्छन । र, पछि चार जना देवगण पनि अचेत हुन्छन । यो भैल प्याख: को मुख्य नाच हो । भैल प्याख : गाईजात्रको भोली पल्टदेखि नगरदेशको टोलटोलमा चार दिन सम्म रातभरि प्रर्दशन गर्ने गरिन्छ ।
भौल प्याखः प्रर्दशन गर्ने क्रममा नगदेशवासीहरूले चार दिन लगातास भोज खाने चलन समेत रेहेको छ । गाईजात्राको भोलि पल्टदेखि मुकुण्डा तथा अरू ड्रेसलगाएर नाच प्रदर्शन गर्ने तयारी गरेको छ ।