वीरगञ्ज । महिलाहरुको सामाजिक पहिचान र प्रतिभा उजागर गर्ने उद्देश्यले वीरगञ्जमा बृहत महिला सम्मेलन–२०८२ आयोजना हुने भएको छ।
वीरगञ्ज उद्योग बाणिज्य संघ महिला उद्यमशीलता विकास समितिले बारा र पर्साका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवा लगायतका क्षेत्रमा सकृय महिलाहरुको सहभागितामा सम्मेलन आयोजना गर्न लागेको हो ।
भाद्र १४ गते आयोजना हुने सम्मेलनको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्मेलनमा बिचार बिमर्श गरिनुका साथै विभिन्न विधामा उल्लेख्य काम गरेका र अरु महिलाका लागि प्रेरणाको श्रोत बनेका करिब ४० जना महिलाहरुलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
वीरगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा सम्मेलन आयोजना हुने छ ।