कोशी प्रदेशमा ९४ प्रतिशत रोपाईं

श्रावण २७, २०८२ |महाप्रसाद खतिवडा
कोशी प्रदेशमा ९४ प्रतिशत रोपाईं

विराटनगर । कोशी प्रदेशमा अहिलेसम्म ९४ प्रतिशत रोपाईं भएको छ । समयमा पर्याप्त वर्षा नभएका कारण साउनको २५ गतेसम्म कुल दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर खेतमध्ये दुई लाख ६० हजार नौ सय ६४ हेक्टरमा रोपाईं सकिएको कोशी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गतवर्ष यो अवधिमा ९८ दशमलव १७ प्रतिशत रोपाईं भएकोमा यो वर्ष ९४ दशमलव ४२ प्रतिशत मात्र रोपाईं भएको हो । झापा, मोरङ, सुनसरी गरी तराईका तीन जिल्लामा ९६ दशमलव ६५ प्रतिशत रोपाई भएको छ भने पहाडी जिल्लामा ९१ दशमलव ३८ र हिमाली जिल्लामा ७९ दशमलव ७३ प्रतिशत रोपाईं भएको छ ।

कोशी प्रदेशका १४ जिल्ला मध्ये ओखलढुङ्गा जिल्लामा मात्र सतप्रतिशत रोपाईं भएको छ । सबैभन्दा कम ताप्लेजुङ जिल्लामा ७५ दशमलव ७६ प्रतिशत मात्र रोपाईं भएको हो । संखुवासभामा ८०, धनकुटामा ८० दशमलव ७१, तेह्रथुममा ८३, भोजपुरमा ८७ र पाँचथरमा ८९ प्रतिशत रोपाईं भएको छ । त्यसैगरी इलाममा ९३, उदयपुरमा ९५ दशमलव २५, मोरङमा ९६, सोलुखुम्बुमा ९६ दशमलव २२, झापामा ९६ दशमलव ४०, सुनरीमा ९८ र खोटाङमा ९८ दशमलव ६३ प्रतिशत रोपाईं भएको छ । 


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


सम्बन्धित