भेरी नदीको सतह बढेपछि डोल्पाको सदरमुकाम दुनै बजार उच्च जोखिममा

श्रावण २२, २०८२ |सरोज थापा
भेरी नदीको सतह बढेपछि डोल्पाको सदरमुकाम दुनै बजार उच्च जोखिममा

डोल्पा । भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार भेरी नदीको सतह बढेसँगै उच्च जोखिममा परेको छ । अत्याधिक वर्षा हुँदा भेरी नदीको सतह बढि नदी किनारका बस्ती, घर, सडक, बजार क्षेत्र बाढी पस्ने गरेको छ ।

अघिल्लो वर्षहरूमा पनि पानीको बहाव उच्च हुँदा बजारको होचो भागमा पानी पसेर जनजीवन प्रभावित बनाएको थियो ।

हरेक वर्ष वर्षामा डोल्पाको सदरमुकाम दुनै बजार र भेरी किनारा आसपासका बस्तीहरु त्रसित हुने गरेका छन । एकै छिन पानी परेपनि भेरी नदिको सतह बढ्ने भएकाले पनि दुनै बजार र आसपासका नदि किनाराका बस्तीहरुमा जोखिम बढेको हो । नदि किनारामा बजार र घरहरु भएकाले पनि यहाँका स्थानीयहरु ठूलो बाढी आयो भने ठूलो क्षति हुन सक्ने भन्दै त्रसित भएका हुन् ।

यता जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहारी कार्यलयले बर्षातको समयमा सजकता अपनाउन सबैलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।