बाजुरा । सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहर बडीमालिकाको पूजाका लागि बाजुराको मार्तडीबाट सरकारी टोली प्रस्थान गरेको छ ।
हरेक वर्ष लाग्ने मेलामा यो वर्ष साउन शुक्ल पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने भएको छ । पुर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिकासहित बुढीनन्दा, सुनन्दा, बडालेख, दुनलेख लगायतका क्षेत्रमा पनि पूजा हुने गर्दछ ।
बडीमालिकाको पूजाका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाको संयुक्त पूजा टोलीलाई पूजा सामग्री र बाजासहित नगर प्रमुख अमरबहादुर खड्का र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विदाई गर्नुभएको हो।