बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति मानव अधिकारकर्मीहरुको विरोध

श्रावण १९, २०८२ |सुशीला पाठक
बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति मानव अधिकारकर्मीहरुको विरोध

मोरङ । बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति मोरङका मानव अधिकारकर्मीहरुले विरोध जनाएका छन् । सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । सरकारले हालै विशेष परिस्थितिमा बहुविवाह गर्न दिने गरी कानुनी मस्यौदा तयार गरेको समाचार बाहिरिपछि मानवअधिकारकर्मीहरुले सोमबार विराटनगरको ट्राफिक चौकमा भेला भएर विरोध जनाएका हुन् ।

 विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ । सरकारले लैङ्गिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिने गरी कानुन निर्माण गर्न लागेको भन्दै मानवअधिकारकर्मीहरुले विरोध गरेका हुन् । 

उनीहरुले कसका लागि यो कानुन ल्याइदैछ भनी प्रश्न गरेका छन् ? बहुविवाह गर्न पाउने कानुन आए महिला हिंसा अझै बढेर जाने र पुरुषहरू छाडा हुँने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरेका छन् । बहुविवाहलाई छुट दिने गरी सरकार किन कानुन बनाउन चाहन्छ भनी प्रति प्रश्न गरेका छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।