पोखरामा ‘आरयू फेष्ट-२०२५’ सुरू

फोहोरलाई उपयोगी बनाउँदै हरित रोजगारी र वातावरण संरक्षणको सन्देश
श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखरामा ‘आरयू फेष्ट-२०२५’ सुरू
काठमाडौं । फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्दै वातावरण संरक्षण, हरित रोजगारी र उद्यमशीलताको सन्देश दिने उद्देश्यले पोखरामा 'आरयू फेष्ट २०२५' सुरु भएको छ । 

पोखरा महानगरपालिकाको आयोजना तथा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम-युएनडिपिको सहकार्यमा शुक्रबारदेखि सुरू भएको फेस्टिभलमा 'प्लास्टिक टु रोड' प्रविधिको नमूना प्रदर्शन, दिगो पर्यटन, जलवायु परिवर्तन र हरित उद्यमशीलता सम्बन्धी विशेष संवाद कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.