डोल्पा । डोल्पाको सदरमुकाम दुनैको ठुलिभेरीमा दाउरा टिप्न गएका ४ जनाको सकुसल उद्धार गरिएको छ ।
ठुलिभेरी नगरपालिका वडा नम्बर ३ भित्र पर्ने लामालोटे नजिकको भेरी किनारमा दाउरा टिप्न गएका त्रिपूरा सुन्दरी नगरपालिका वडा नम्बर ६ पालाङाका स्थानीय ४ जना वर्ष ३३ को ललित बोहोरा, वर्ष २६ का नन्द प्रशाद बोहोरा, वर्ष ३७ का ध्याम कुमार बोहोरा र वर्ष ३५ का लाल कुमार बुढा दाउरा टिप्न जाँदा बिहान ७ बजे दाउरा टिप्न लामालोटेको नदी किनारको टापुमा गएको समयमा भेरी नफिको बाहाव बडेर छेकिएका थिए । ठुली भेरी नदिको बहाव बढे पछि ४ जना छेकिएका हुन ।
केही समय पछि भेरी नदिको टापुमा छेकिएको खबर पाए पछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले ३ घन्टा पछि उद्धार गरेको डोल्पा जिल्ला प्रहरी प्रमुख रूख बहादुर खड्काले बताउनु भयो ।
यसरी नदीको बहाफ र सर्तका अपनाउन जिल्ला प्रशासन कार्यलय डोल्पाले सुचना जारी गर्दा पनि स्थानियहरूले बेवास्ता गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनु भयो ।
यसरी नदिको बहाफ बढे सङ्गै सबै सजक्ता अपनाउनु पर्ने र अहिले तत्काल ४ जनाको उद्धार समेत गरेको बताउनु भयो ।