खानेपानी संकट समाधानको माग गर्दै नेविसंघले मन्त्री यादवलाई बुझायाे ज्ञापनपत्र

श्रावण ११, २०८२ |किरण पौडेल
खानेपानी संकट समाधानको माग गर्दै नेविसंघले मन्त्री यादवलाई बुझायाे ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले काठमाडौंस्थित खानेपानी मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य आदित्य दास र नेता रोहित मगरले आइतबार खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्रमा तत्काल पाँच सय डिप बोरिङ र ट्याङ्करमार्फत आपतकालिन पानी आपूर्ति गर्न, साथै दीर्घकालीन समाधानको लागि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । 

नेपाल विद्यार्थी संघ आदित्य दासले ज्ञापनपत्र बुझाउँदै “जनताको छातीमा राजनीति नगर्न चेतावनी दिँदै सरकार गम्भीर नबने आफूहरू सडकमा उत्रने चेतावनी दिनुभयो । नेविसंघको तर्फबाट बाराबाट काठमाडौं आएका रोहित मगरले खानेपानी संकटले आफ्नो जिल्ला र प्रदेशमा हाहाकार मच्चिएको तर समाधानमा सरकार गम्भीर नदेखिएको बताउनुभयो । 

उहाँले तराई-मधेशमा दिनहुँ गहिरिँदै गएको खानेपानी संकटलाई समाधान गर्न तिनै तहको सरकार समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल विद्यार्थी संघले यो अभियान अब कागजमा सीमित नराखी परिणाममुखी दबाब सिर्जना गर्ने दृढता पनि व्यक्त गरेको छ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।