भक्तपुरमा दिदीबहिनी मृत फेला

श्रावण ८, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा दिदीबहिनी मृत फेला

भक्तपुर । भक्तपुरमा दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्। उनीहरू एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल बिहिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । नायव उपरिक्षक न्यौपानेका अनुसार उनीहरू सुर्खेत पन्चपुरी नगरपालिका ८ का हुन् । उनीहरू १५ दिन अघिमात्रै भक्तपुर आएको प्रहरीको भनाई छ ।

दुवै जना चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलामा भाडामा बस्दै आएका थिए। उनीहरू बिहान करिब पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।