काठमाडौं । सांसदहरूले पानीको संकट भोगिरहेका तराई मधेशका जनतालाई तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले खडेरीको मारमा परेका किसानलाई द्रुत गतिमा राहत प्याकेज दिन माग गरेका हुन् । पानीको हाहाकार कम गर्न पम्पसेट दिन र त्यसको विद्युत महसुल मिनाहा गर्न पनि माग गरे ।
बैठकमा सांसदहरूले वाइड बडी प्रकरणमा अदातलबाट प्रश्न उठाइएको, भिजिट भिसा, घुसकाण्डलगायत विवादमा मुछिएका मन्त्रीहरूलाई छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।
सांसदहरूले निजामती सेवा विधेयकमा भएको जालसाजीमा चलखेल भैरहेको विषयमा पनि सदनको ध्यानाकर्षण गराएका छन् । यसैगरी आजको बैठकमा तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल गर्दै सांसदहरूले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान दिएको भन्दै डाक्टर सन्दुक रूइत लगायतटिमको प्रशंसा गरेका थिए ।