नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा तिलगङ्गा विश्वविद्यालय सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रको रूपमा विकास गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले नेपालमा हुने आँखा उपचार अन्य देशहरूभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको बताउनु भयो ।

नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.