बाढीले बेलिब्रिज बगायो

श्रावण ७, २०८२ |आनन्द गौतम
बाढीले बेलिब्रिज बगायो

ताप्लेजुङ । अविरल वर्षाले सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका - ५ तापेथोक र - ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल बगाएको छ। पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बगाएको उक्त हाइड्रोका सहायक प्रवन्धक मुकुन्द पोख्रेलले बताउनुभयो । उहाँका अनुसार खोलामा आज बिहान ठूलो बाढी आएपछि पुल बगाएको हो । 

स्थानीय ग्यावु शेर्पाका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठुलो बाढी आएको हो । लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको ग्यावुले बताउनुभएको छ । उहाँका अनुसार यो क्षेत्रमा हिजो वेलुकादेखिनै वर्षा भइरहेको छ । 

खोलामा ठुलो वाढी आएर पुलभनें आज बिहान ४ बजेतिर बगाएको ६ नम्वर वडाध्यक्ष पेम्वा टाँसी शेर्पाले जानकारी दिनुभयो। अविरल वर्षाले हेल्लोक सिम्बुवा खोलामा बाढी आइ तमोर खोलाको बहाव बढेको र उत्तरदक्षिण लोकमार्ग रानी पुल बेलिब्रिज बगाएपछि  आवत जावत अवरुद्ध भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानबारी दिनुभएको छ । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।