काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।
फैसला कार्यान्वयन निर्देशनालयले बिहिबार निर्वाचन आयोगलाई पत्र लेख्दै वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न आग्रह गरेको हो ।
अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।