प्युठानको गौमुखी गाउँपालिकामा पहिलोपटक चरा गणना, संकटापन्न अवस्थामा रहेका १७ प्रजातिका चरा फेला

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्युठानको गौमुखी गाउँपालिकामा पहिलोपटक चरा गणना, संकटापन्न अवस्थामा रहेका १७ प्रजातिका चरा फेला

प्यूठान । प्यूठानमा पहिलोपटक चरा गणना गरिएको छ । गौमुखी गाउँपालिकामा पहिलोपटक गरिएको गणनामा २ सय १७ प्रजाजितका चराहरूसँगै ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावर फेला परेका छन् ।

समुद्री सतहबाट १ हजार १ सय मिटर उचाइँमा रहेको ठूलाबेसीदेखि ३ हजार ३ सय मिटर उचाइाको नाङ्गीको लेकसम्म गरिएको अभिलेखीकरणमा गाउँपालिकाभित्र २ सय १७ प्रजातिका ४ हजार ५ सय ३८ वटा चरा फेला परेका हुन् । 

गौमुखी गाउँपालिकाले हिमाली अनुसन्धान केन्द्रसँग समन्वय गर्दै पहिलोपटक चराको गणना गरेको हो । २०८१ असोज र २०८२ वैशाखमा गरिएको गणनामा मंगोलियाबाट जाडो याममा बसाइँ सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकास हुँदै दक्षिण जाने कर्‍याङ-कुरूङ सारस त्यहाँ फेला परेको छ ।

२०८१ असोजको गणनामा गोमायु चिल र कर्‍याङ-कुरूङ सारस तथा २०८२ को वैशाखमा गृष्मकालीन आगन्तुक चराहरू आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरलीचरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चााचरजस्ता चराहरू पाइएका छन् । 

फेला परेका २ सय १७ प्रजातिमध्ये ९९ प्रजातिका चरा संरक्षण महत्वका छन् । जिल्लामै पहिलोपटक गरिएको गणनाले गौमुखी क्षेत्र चराको बासस्थानको उत्तम गन्तव्य भएको देखाएको छ ।

गौमुखीमा नेपालका ९ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिरकालिज र मुनाल पाइन्छन् । विश्वमै दुर्लभ पााच प्रजातिका गिद्धमध्ये डङ्गरगिद्ध, सुनगिद्ध, सेतोगिद्ध, गोमायु महाचिल र चिर कालिज -गिद्ध हो ? पनि अभिलेख गरिएको छ । 

संकटापन्न अवस्थामा रहेका १७ प्रजाति, ४ प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चरा गौमुखीमा भेटिएका हुन् । 

लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ । २०१६ सालमा वन तथा भू-संरक्षण विभागले गौमुखी गाउँपालिकाको करिब १८०.३८२ वर्ग किलोमिटर क्षेत्रफललाई संरक्षित वन बनाउन प्रस्ताव गरेको थियो ।

अध्ययनका क्रममा ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावर पनि फेला परेका छन् । गौमुखी क्षेत्रमा पाइने चराको वासस्थान संरक्षण, जैविक विविधतालाई खलल नपुर्याउने गरी काम गर्न स्थानीय तहले पहल थाल्नु आवश्यक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.