मधेश प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य(सूचनासहित)

असार ३२, २०८२ |अनिल मिश्र
मधेश प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य(सूचनासहित)

जनकपुर । मधेश प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । 

मधेश सरकारको बुधबार बसेको मन्त्री परिषद्को निर्णयअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बुधबार राति १२ बजे देखि लागू हुने गरी चालू अधिवेशन अन्त्य हुने प्रदेश सभाले घोषणा गरेको छ । 

प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ३ को उपनियम ४ बमोजिम प्रदेश सभा सदस्यलगायत सबैमा पाँचौं अधिवेशन अन्तय भएको मधेश प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जारी गर्नुभएको सुचनामा उल्लेख छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


सम्बन्धित