अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

असार ३१, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १० तल्लोपाकुमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बूढामगर र उहाँकी ६७ वर्षीया श्रीमती श्यामकला बूढामगरको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

बूढामगर दम्पती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले दिउँसो प्रहरीलाई खबर गरेका थियो ।

स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा बूढामगर दम्पतीको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको थियो। ढुङ्गाले शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।